विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरको एभरेस्ट सेकेण्डरी स्कुल एरिन जङ्ग थापा प्रथम भएका छन्। >
विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा सो प्रतियोगिता सम्पन्न भएको हो। विभिन्न १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा पोलस्टार स्कूलकी प्रकृति घिमिरे दोस्रो र बीकेभीएम स्कूलका जोसेफ महतो तेस्रो भएका छन्।>
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा लेखक तथा कवि सीमा आभास, प्राध्यापक अनुज शर्मा र विराटनगर जुनियर जेसीजका पूर्व अध्यक्ष देवेश प्रधान रहेका थिए ।>
‘सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने शीर्षकमा आयोजना गरिएको सो कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवस पोखरेल प्रमुख अतिथि रहेका थिए।>>
There was no any notice from shikshtadeep college i don't know why cuz there also students may be willing to participate??