बढ्यो सुन-चाँदीको भाउ ,प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा किनबेच

लाइभ न्यूज रफतार 3780+ समाचार ( )
११ अशोज २०८३

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ। 

शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार