सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका २८ जना सेवा निवृत्त तथा अवकाश भएका शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ।>
देवानगञ्ज गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रममा गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा देवीले २८ जना सेवा निवृत्त तथा अवकाश भएका शिक्षक तथा कर्मचारीलाई सम्मान गर्नुभयो।>
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहता र विशिष्ट अतिथि उपाध्यक्ष कुमारी विभा देवी रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरे, वडा नं. ७ का वडाध्यक्ष सूर्यनारायण यादव, प्रशासन प्रमुख डिल्लीप्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख खनाल तथा लेखा अधिकृत बिन्देश्वर यादवको उपस्थिति रहेको थियो।>
शिक्षा क्षेत्रमा वर्षौँसम्म सेवा पुर्याएका शिक्षक तथा कर्मचारीहरूको योगदानको कदर गर्दै आयोजित कार्यक्रमले उनीहरूको समर्पण र सेवाभावको सम्मान गरेको छ। उनीहरूको योगदानलाई स्मरण गर्दै आगामी पुस्तालाई गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ।>>