काक्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको थियो। क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले गोल गरेका थिए।दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो। अर्चरफ डारीले क्रोएसियाका लागि नौं मिनेटमा बराबरी गोल गरेका थिए।४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले ठम्याउन सकेनन्।विश्वकपमा क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। मोरक्कोको भने यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यस्तै मोरक्कोले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र अरब टिमको रेकर्ड समेत बनाएको थियो।अघिल्लो संस्करणको फाइनलिस्ट क्रोएसियाले तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर अर्थात करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रूपैयाँ जितेको छ। यस्तै चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात करिब ३ अर्ब २३ करोड ९५ लाख रूपैयाँ पाएको छ।विश्वकप २०२२ को उपाधिका लागि नेपाली समयअनुसार राति ८ं ४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। सेमिफाइनलमा फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गरेको थियो।
>>
विश्वकपमा क्रोएसिया तेस्रो
प्रतिक्रिया
ताजा समाचार
स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा प्रकरणमा इन्स्पेक्टर घिमिरेलाई २४ घण्टे स्पष...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ,
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी...
लाइभ न्यूज रफतार | १६ भाद्र २०८३
बाढीपछि अन्धकारमा रसुवा: विद्युत् सेवा पुनःस्थापना...
लाइभ न्यूज रफतार | १५ भाद्र २०८३