तोलामा ९ सय घट्यो सुन , यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ अशोज २०८२

बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ ।

मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५९५ रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार