७ सय घट्यो सुन , प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ जेठ २०८२

सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार