हिजो निधन भएका बाल कलाकार सचिन परियारको आज अन्त्येष्टि

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ पौष २०८१

हिजो निधन भएका बाल कलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको  दाहसंस्कार गरिएको हो । सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो ।

तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको दाहसंस्कार भएको बुझिएको छ । परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो । सचिनलाई पशुपति ल्याइएपछि बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए । आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन ।

आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न नमिल्ने बताएका थिए । सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्ष पनि सो प्रक्रिया रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार