पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल जाने भएकी छिन्।>
उनी शुक्रबार दिउँसो साढे चार बजे प्रहरी अस्पताल जान लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। जेन–जी प्रदर्शनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ। >
दुई सय जनाभन्दा बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।>>