मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक पुलिस हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा सीधै नदीमा खसेको छ। दुर्घटना सुंगाई पुलाई क्षेत्रमा भएको स्थानीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । >
दुर्घटनाको बेला हेलिकप्टर एक नियमित सैन्य अभ्यासरत थियो । हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्यहरूलाई सकुशल उद्दार गरिएको छ। उद्धारपछि घाइते सबै अधिकारीहरूलाई जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ । >
मलेसियाको सिभिल एभिएसन अथोरिटीका अनुसार घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले गर्नेछ।>>