नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि ग्यास विक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।>
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगबाट हुने खुद्रा बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्र ग्यास वितरणको व्यवस्था गर्न माग गरेको छ।>
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहेकाले ग्यास अभाव भएको दाबी गरे। उद्योगहरूले २,५०० देखि २,७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।>
महासंघले अनावश्यक रूपमा नयाँ सिलिन्डर थप्ने योजना रोक्न र बजारमा रहेका सिलिन्डरको उचित व्यवस्थापन गर्न सरकार तथा निगमसँग माग गरेको छ।>
>>