जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बालेन, मन्दिर उदघाटनमा देखिए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ कार्तिक २०८२

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको हो । केही दिनअघि मात्रै सो मन्दिरमा ब्रह्माको मूर्ति पुन:स्थापना गरिएको थियो ।

सो ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा थियो । मन्दिर उदघाटन कार्यक्रममा मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार