नेपाली विद्यार्थीलाई गालीगलौज गर्ने प्राध्यापक मन्जुशा पाण्डेले मागिन् माफी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ फाल्गुन २०८१

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि जथाभावी गालीगलौज गर्ने एकजना प्राध्यापकले माफी मागेकी छिन् ।

केआईआईटी विश्वविद्यालयको प्रोफेसर बताउने मञ्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो हाल्‍दै माफी मागेकी हुन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्‍यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्‍यवहारको घटनाबारे भारतीय प्रहरीले छानबिन अगाडि बढाएपछि उनले सामाजिक सञ्जालमा आएर माफी मागेकी हुन् । उनले भिडियोमा भनेकी छिन्, ‘१६ फेब्रुअरीमा कलेजभित्र नेपाली विद्यार्थीमाथि मैले गरेको दुर्व्यवहारप्रति म माफी माग्न चाहन्छु। नेपाली भावनासँग मैले गरेको दुर्व्‍यवहारप्रति कलेज प्रशासनको कुनै संलग्न छैन। त्यसकारण म फेरि नेपालीहरूसँग माफी माग्न चाहन्छु।’ यसअघि सोमबार राति कलेजभित्र मञ्जुशा पाण्डेले नेपाली विद्यार्थीहरूलाई गालीगलौज र गिज्याउँदै जहाँ सुरक्षित भए त्यही जान भन्‍दै निक्लिएर जान भनेकी थिइन् ।

उनीसँगै रहेकी अर्की महिलाले त झन् ‘तिम्रो नेपालको बजेटभन्दा ठूलो बजेट त हाम्रो विश्वविद्यालयको छ, तिमीहरूलाई यहाँ फ्रिमा बसाएर खुवाइरहेका छौं’ भन्‍दै अपमानजनक गालीगलौज गरेकी थिइन् । उनीहरूले गालीगलौज गरिरहँदा नेपाली विद्यार्थीले बीचमा हाम्रो के गल्ती भयो र ? भनेर प्रश्‍न गर्दा मञ्जुशा पाण्डेले भनेकी थिइन्, ‘ हामी जान्दैनौ। कृपया तिमीहरू यहाँबाट तत्काल जाऊ। नत्र प्रहरी आउनेछ र कारबाही गर्न बाध्य हुनेछ ।’ २० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमै मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ । लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार