जेन–जी शहीद दिवसको अवसरमा जहदामा रक्तदान कार्यक्रम आयोजना गरी फरक र उदाहरणीय ढंगले दिवस मनाइएको छ। >
शहीदहरूको बलिदानलाई केवल श्रद्धाञ्जली र स्मरणमा सीमित नराखी रक्तदानमार्फत जीवन बचाउने अभियानसँग जोडेर दिवस मनाइएको हो।>
जहदा गाउँपालिका–५, लक्ष्मीनियास्थित दुर्गा मन्दिरको प्राङ्गणमा जहदा गाउँपालिका सभापति सुनील कुमार मुखियाको अध्यक्षतामा, नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोग तथा पालिका समिति, वडा समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीयवासी, युवा, समाजसेवीलगायतको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।>
कार्यक्रममार्फत “शहीदहरूले देशका लागि रगत दिए, हामीले मानव जीवन बचाउन रगत दिऔँ” भन्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।>
रक्तदानलाई शहीदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्ने अर्थपूर्ण र मानवीय कर्मका रूपमा लिइएको आयोजकको भनाइ छ।>>