राजीमाना मागेपछि गृहमन्त्री रमेश लेखक दबाबमा , संसद्‌भित्र गृहमन्त्री लेखकको बेचैनी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ जेठ २०८२

भिजिट भिसा प्रकरणमा नाम जोड्दै प्रतिपक्षी दलहरूले लगातार राजीमाना मागेपछि गृहमन्त्री रमेश लेखक दबाबमा छन् ।

उनले राजीनामा नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले बुधबार दोस्रो दिन पनि संसद् अवरोध गरेका छन् । विपक्षी सांसदहरूले आफ्नो स्थानबाट लगातार सदनमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बेठक स्थगित गरेर सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

बैठक स्थगित रहेकाले अधिकांश सांसद बैठककक्षबाट बाहिर निस्किए पनि गृहमन्त्री आफ्नो कुर्सीमा लामो समय बसिरहे । सदनमा सम्बोधन गर्न समय मागे पनि दोस्रो दिन पनि अवरोधको सामना गर्नु परेपछि गृहमन्त्री लेखक निराश मात्र देखिएका छैनन्, बेचैन पनि देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार