नेपाल प्रिमियर लिग (एनपिएल)काे पहिलाे संस्करणकाे उद्घाटनमा विराटनगर किंङ्स र जनकपुर बाेल्टस् भिड्ने भएका छन्। एनपिएलकाे आयाेजक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले साेमबार लिगकाे खेल तालिका सार्वजनिक गरेकाे हाे। जसअनुसार यही मंसिर १५ गते अपराह्न १२: १५ देखि विराटनगर र जनकपुर भिड्ने छन्। त्यस्तै मंसिर १६ गते भने कुनै पनि खेल राखिएकाे छैन। त्यसदिन स्थानीय तहकाे उप-निर्वाचन रहेकाे छ। त्यसपछि मंसिर १७ गतेबाट नियमितरुपमा खेलहरु हुने छन्। सार्वजनिक तालिका अनुसार दिनमा दुइटा खेल हुनेछन्। पुस ३ गते पहिलाे क्वालिफायर र पुस ४ गते दाेस्राे क्वालिफायर हुनेछ। दुवै क्वालिफायरका विजेताले पुस ६ गते शनिबारकाे दिन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। क्यानले पहिलाेपटक आयाेजना गर्न लागेकाे लिगमा कूल ८ टाेली सहभागी हुनेछन्। जसमा विराटनगर किंङ्स (सन्दीप लामिछाने), जनकपुर बाेल्टस् (आशिफ शेख), चितवन राइनाेज (कुशल मल्ल), काठमाडाैँ गुर्खाज् (करण केसी), पाेखरा एभेन्जर्स (कुशल भुर्तेल), लुम्बिनी लायन्स (राेहितकुमार पाैडेल), कर्णाली याक्स (साेमपाल कामी) र सुदूरपश्चिम राेयल्स (दीपेन्द्रसिंह ऐरी) रहेका छन्।>>
एनपिएलकाे उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने
प्रतिक्रिया
ताजा समाचार
स्पष्टीकरणपछि फेरि टाँसियो दिव्य ज्योति अस्पतालको...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा प्रकरणमा इन्स्पेक्टर घिमिरेलाई २४ घण्टे स्पष...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
गाँजा बोकेको गाडीबाट अस्पतालको नाम हटाइयो ? प्रमाण...
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ,
लाइभ न्यूज रफतार | १७ भाद्र २०८३
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी...
लाइभ न्यूज रफतार | १६ भाद्र २०८३
बाढीपछि अन्धकारमा रसुवा: विद्युत् सेवा पुनःस्थापना...
लाइभ न्यूज रफतार | १५ भाद्र २०८३