बुद्ध एयरले काठमाडौं–कलकत्ता सातामा चार उडान गर्ने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ कार्तिक २०८२

बुद्ध एयरले काठमाडौं–कलकत्ता रूटमा उडान संख्या थप्ने भएको छ।

यात्रुको उत्साहजनक सहभागितापछि कम्पनीले आगामी नोभेम्बर १५ (कात्तिक २९)देखि साताको चार दिन उडान गर्न लागेको हो। बुद्धले आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी चार दिन उडान गर्ने बताएको छ। हाल यो गन्तव्यमा बुद्धले सातामा तीन उडान गरिरहेको छ। कम्पनीका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णका अनुसार यात्रुको बढ्दो संख्यालाई ध्यानमा राखेर उडान थपिएको हो।

बुद्ध एयरको उडान काठमाडौंबाट बिहान ७ बजे र कलकत्ताबाट बिहान ९ः३५ बजे हुनेछ। काठमाडौंबाट कलकत्ताको भाडा १४ हजार ४८३ रूपैयाँ र फर्कँदा १२ हजार ५४० रुपैयाँ तोकिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार