जम्मू कश्मिरमा बादल फाड्दा १२ जनाको मृत्यु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० श्रावण २०८२

भारतको जम्मू कश्मिरमा बादल फाटेर आरीघोप्टे वर्षा (क्षणभरैमा हुने ठूलो वर्षा वा क्लाउडबर्स्ट) हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । जम्मू कश्मिरको किश्तवाडको चाशोटी भन्ने स्थानमा बादल फाटेर आरीघोप्टे वर्षा भएको   छ ।

बादल फाट्ने घटना किश्तवाडको हिमालय क्षेत्रमा तिर्थालुहरू माता चण्डीको मन्दिरतर्फ जाने मार्गको प्रस्थानविन्दुमा भएको हो । घटनामा ठूलो क्षति भएको आशंका गरिएको छ । संघीयमन्त्री जितेन्द्र सिंहले श्राइन नजिकको चोसिटी क्षेत्रमा भएको बादल फाट्ने घटनाले ठूलो क्षति गराउन सक्ने चेतावनी दिएका छन् ।

प्रशासन तत्कालै सक्रिय भएको र उद्धार टोलीहरूलाई घटनास्थलतर्फ खटाइएको उनले बताएका छन् । जम्मू कश्मिरका उप–राज्यपाल कार्यालयले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै घटनाको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार