राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ अशोज २०८१

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ।


भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ गरिएको छ।


यस भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायतका व्यक्तिहरू पनि उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार