अमेरिकी हतियार र आडभरोसामा अहिलेसम्म रुससँग लड्दै आएको युक्रेनलाई दिइँदै आएको सैन्य सहायता स्थगन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएका छन् ।>
बेलायती विश्व च्यानल बीबीसीका अनुसार ह्वाइट हाउसले यसको औपचारिक पुष्टि गरेको छ । ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्ससँग ह्वाइट हाउसमा गत शुक्रवार भएको भनाभन तथा हालसालै युक्रेन र युरोपेली देशहरूको भेलालाई लिएर ट्रम्पले रुससँगको युद्ध अन्त्य धेरै धेरै पर भएको भनेर टिप्पणी गरे लगत्तै यस्तो निर्णय आएको हो । आजै अमेरिकी दुई सदनमा ट्रम्पको सम्बोधन हुँदै छ । >
उक्त सम्बोधनमा ट्रम्पले के भन्नेबारेमा कुनै सार्वजनिक भएको छैन । तर, उनले युरोप, युक्रेन र युद्धबारेमा केहि न केहि त नयाँ दिने चर्चा चलेको छ ।>>