देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ अशोज २०८२

देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार छन् । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो ।

ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । ‘जेनजी प्रदर्शनमा छाडिएका मध्ये अझै १४ सय थुनुवा फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ’ घिमिरेले  भने ।

सामान्य अपराधदेखि कर्तव्य ज्यान, बलात्कारसम्मका थुनुवा अहिले फरार छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार