वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब उच्च भएको छ। सोमबार बिहान ९ बजेपछि कोशी ब्यारेजमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ६९ हजार ४४५ क्यूसेक मापन भएको छ।>
आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले बताए। >
कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको बहाब भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ।>
सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो।>>