तोलामा ११ सय घट्यो सुन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ श्रावण २०८२

सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन १ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । आज प्रतितोला २३१५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार