पेरूको राजधानी लिमामा एउटा रेलमार्गको पटरीमा मदिरा पिएर अचेत भई सुतेका एक व्यक्तिमाथि रेल कुदेको भए पनि संयोगवश उनको ज्यान जोगिएको स्थानीय अधिकारीहरूले बताएका छन्। >
सुरक्षा निगरानीका लागि राखिएको एउटा सीसीटीभी क्यामराले खिचेको भिडिओमा ती व्यक्ति चलमल नगरी रेलमार्गमा सुतेको देखिन्छ। त्यही बेला सुस्त गतिमा आएको एउटा मालवाहक रेलले उनलाई किचेको थियो । >
उक्त घटनापछि उनी जुरुक्क उठेका थिए। उनलाई सामान्य चोटपटक मात्र लागेको बताइएको छ।>>