१५ औं महाधिवेशन मिति घोषणाको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित मुख्य गेटमा तालाबन्दी गरिएको छ।>
युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने मागसहित प्रदर्शन गरेका युवाहरूले कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार दिउँसो तालाबन्दी गरेका हुन्।नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य भुवन भट्ट, मनिष रायमाझीलगायतले आज कांग्रेस कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्ने र १५ औं महाधिवेशन कार्यतालिका छिटो ल्याउनुपर्ने मागसहित हामीले आज तालाबन्दी गरेका हौं,’ रिमालले भने। असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ। >
कांग्रेस कार्यालयको गेटमा तालाबन्दी गर्नेमध्ये अधिकांश नेता शेखर कोइरालानिकट छन्।>>