नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं अधिवेशन माग गर्दै प्रदर्शन भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार मध्याह्न नेविसंघको अधिवेशन माग गर्दै प्रदर्शन भएको हो।>
सोमबार दिउँसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। नेविसंघको १२ औं महाधिवेशन माग गर्दै विद्यार्थीहरूले सभापति, पदाधिकारी र केन्द्रीय समितिमा दबाब दिन प्रदर्शन गरेका हुन्।नेविसंघमा लामो समयदेखि अधिवेशन भएको छैन भने तदर्थ समितिको म्याद थप हुँदै आएको छ। कांग्रेस केन्द्रीय समितिमा पनि अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाबारे छलफलको एजेन्डा छ। >
कांग्रेसले अहिलेको भ्रातृ संस्थाका तदर्थ समितिलाई नै निरन्तरता दिई अधिवेशन गराउन खोजेको छ तर तदर्थ समितिको म्याद पटकपटक थप गरिएको भन्दै असन्तुष्ट विद्यार्थीहरूले विरोध गर्दै आएका छन्।>>