एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त भएको दोस्रो दिन पनि खोजी कार्य जारी

लाइभ न्यूज रफतार 3771+ समाचार ( )
३१ जेठ २०८२

एयर इण्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त भएको दोस्रो दिन पनि भारतीय सुरक्षा अधिकारीहरुले तालिम प्राप्त ट्याकर डगहरुको सहयोगमा खोजी कार्य जारी राखेका छन् ।

दुर्घटनामा विमानमा रहेका र जमिनमा रहेका गरी कम्तीमा २६५ जनाको मृत्यु भएको थियो । तीमध्ये कतिपयको शव निकालिसकिएको छ, अझै कतिपयको अवशेष फेला परिरहेको छ । विमानमा चालक दलका सदस्यसहित २४२ यात्रु थिए । उनीहरुमध्ये एक जना मात्र बाँच्न सफल भएका छन् । बीबीसीका अनुसार, घटनास्थलमा विमानसँग सम्बन्धित प्राविधिक सामग्रीहरुको समेत खोजी भइरहेको छ ।

अझै शवको टुक्राहरु भेटिने क्रम समेत जारी रहेको भनिएको छ ।विमान दुर्घटनाको अनुसन्धानका लागि तालिम प्राप्त अनुसन्धान अधिकारीहरुसमेत खटिएका छन् । बेलायतले समेत अनुसन्धानका लागि विज्ञको टोली पठाउने बिहीबार सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार